+
Home › Sports › Cricket › रुपेश सिंह

रुपेश सिंह
नेपाल, बलर

Full Name: रुपेश सिंह
Nationality: नेपाल
Position: बलर

रुपेश सिंह नेपाली क्रिकेट वृत्तमा एक आक्रामक र भरपर्दा युवा फास्ट-बलिङ अलराउन्डर हुन्। २६ वर्षीय रुपेश दायाँ हाते उपयोगी मध्यम–तीव्र गतिका बलर साथै तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने बलर हुन्।

घरेलु क्रिकेटमा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै निरन्तर प्रभावशाली प्रदर्शन गरेपछि उनले अप्रिल २०२४ मा आयरल्याण्ड ‘ए’ विरुद्ध खेल्दै नेपाल ‘ए’ टोलीबाट लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए।

उनको उत्कृष्ट र बहुआयामिक खेल क्षमताकै कारण उनले सन् २०२५ को जुनमा स्कटल्याण्डको ग्लास्गोमा नेदरल्याण्ड्सविरुद्ध खेल्दै नेपाली सिनियर राष्ट्रिय टोलीबाट टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरे।

सोही वर्ष उनले हङकङ सिक्सेसमा समेत नेपालको प्रतिनिधित्व गर्दै भारत र श्रीलंका जस्ता बलिया टोलीविरुद्ध महत्वपूर्ण विकेटहरू लिएका थिए।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण (२०२५) मा जनकपुर बोल्ट्समा आबद्ध रहेका रुपेशले लुम्बिनी लायन्सविरुद्ध १२ रन खर्चेर २ विकेट (२/१२) लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०२६ को नयाँ सिजनका लागि भएको अक्सनमा भने उनी निकै चर्चामा रहे। अक्सनमा उनलाई विराटनगर किङ्सले ‘ए’ श्रेणीको अधिकतम मूल्य १५ लाख रुपैयाँ खर्चिएर (लक्की ड्र मार्फत) आफ्नो टोलीमा भित्र्याएको हो, जसका कारण उनी विराटनगर किङ्सकै सबैभन्दा महँगा अक्सन खेलाडी बनेका छन्।

१५० भन्दा माथिको स्ट्राइक रेट सहित तल्लोक्रममा आएर तीव्र गतिमा रन बटुल्न सक्ने र प्रारम्भिक तथा डेथ ओभरहरूमा धारिलो बलिङ गर्न सक्ने भएकाले रुपेश सिंह विराटनगर किङ्सको पेस बलिङ आक्रमणका प्रमुख हतियार हुन्।

Read Full