+

मेस्सीको गोल प्रतिसेकेण्ड २ लाख ५६ हजार ट्वीट

२०७१ असार  ८ गते १९:१९ २०७१ असार ८ गते १९:१९
मेस्सीको गोल प्रतिसेकेण्ड २ लाख ५६ हजार ट्वीट

८ असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनालाई इरानविरुद्ध जित दिलाउने क्रममा लिओनल मेस्सीले अन्तिममा उत्कृष्ट गोल गरे । उनको गोलले धेरैलाई छोएको छ र प्रतिसेकेण्ड २ लाख ५६ हजार ट्वीट भएको छ ।

मेस्सीको गोलमा खुसी मनाउनेमा अमेरिकी गायिका रिहान्ना समेत थिइन् । अर्जेन्टिनी डिफेण्डर मार्टिन डिमेकेलसले ड्रेसिङ रुपमा जितको खुसी मनाएको तस्वीर ट्वीट गरेका थिए । मेस्सीको गोल लस भेगासमा एक जुवाडेका लागि समेत ठूलो राहत भएको थियो । उनले अर्जेन्टिनाले खेल जित्छ भनेर १ लाख ३६ हजार पाउण्डको बाजी राखेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय