+

एसियाडमा पदक जित्ने विमलालाई १० लाखसहित सम्मान

२०७१ असोज  ३१ गते १९:२४ २०७१ असोज ३१ गते १९:२४
एसियाडमा पदक जित्ने विमलालाई १० लाखसहित सम्मान

३१ असोज, काठमाडौं । दक्षिण कोरियाको इन्चनमा सम्पन्न १७ औं एशियाली खेलकुदमा नेपालको लागि एक मात्र पदक दिलाउन सफल कराते खेलाडी विमला तामाङलाई सरकारले १० लाखसहित सम्मान गरेको छ ।

शुक्रबार प्रधानमन्त्री सुशिल कोइरालाले राज्यद्वारा घोषण गरिएको एशियाली खेलकुदमा कास्य पदक प्राप्त गर्ने खेलाडीलाई प्रदान गरिने १० लाख सहितसम्मान पत्रबाट सम्मान गरे ।

१७ औं एशियाली खेलकुदमा नेपालले २५ खेलमा सहभागिता जनाएकोमा तामाङले करातेको एकल कातामा नेपालको लागि एक मात्र कास्य पदक हात पार्दै पदकको तालिकामा नेपालको नाम लेखाउन सफल भएकी थिइन् ।

प्रधानमन्त्री कोइरालाले श्रोत र साधनको अभावमा राष्ट्रले खेलकुदलाई आफ्नो प्राथमिकतामा राख्न नसकेपनि कास्य पदक जितेकेा भन्दै विमलालाई बधाइ दिए ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एशियन गेमबाट प्राप्त नतिजाको समिक्षा गर्दै आगामी दिनमा अघि बढ्ने बताए ।

सम्मानित तामाङले प्रतियोगितामा विजय पश्चात राज्यको झण्डा फराउन पाँउदा गौरव महसुस भएको बताइन । आगामी दिनमा स्वर्ण पदक हासिल गर्न प्रेरणा मिलेको बताइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय