+

शिरिषले पनि बनाए राष्ट्रिय कीर्तिमान

२०७२ साउन  २० गते १३:५८ २०७२ साउन २० गते १३:५८
शिरिषले पनि बनाए राष्ट्रिय कीर्तिमान

२० साउन, काठमाडौं । नेपाली पौडीबाज शिरिष गुरुङले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।

Sirish-Gurungरसियाको कजानमा जारी १६ औं फिना विश्व च्याम्पियनसिमा शिरिषले १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान राखेका हुन् ।

उनले ५८.२२ सेकेन्डको किर्तिमान राखेको टिम ब्यवस्थापक बासुदेव निरौलाले कजानबाट जनाएका छन् ।

यसअघि शिरिषले २०१४ मा काठमाडौंमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डमा दुरी तय गर्दै कीर्तिमान राखेका थिए ।

फिनामा यसअघि गौरिका सिंह र सोफिया शाहले पनि आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय