+

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरु विशेष अदालतमा

२०७२ कात्तिक  १० गते ११:४० २०७२ कात्तिक १० गते ११:४०
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीहरु विशेष अदालतमा

Match-Fixing

१० कात्तिक, काठमाडौं । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई विशेष अदालतमा पेश गरिएको छ ।

म्याद थपमा लागि उनीहरुलाई अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।

म्याच फिक्सिङको आरोपमा अपराध महाशाखाले राष्ट्रिय टीमका कप्तान सागर थापासहित चार खेलाडी र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो । तर, दसैंका कारण अदालत बन्द भइसकेकाले आज मंगलबार मात्र विशेष अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ ।

म्याच फिक्सिङको आरोपमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाइएको छ ।

पक्राउ पर्नेमा कप्तान थापासँगै उपकप्तान सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री र प्रशिक्षक केसी छन् । पक्राउ परेका खेलाडीहरुले आठ वटा अन्तराष्ट्रिय खेलमा फिक्सिङ गरेको स्वीकार गरिसकेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय