+

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

२०७२ पुष  १६ गते १९:२२ २०७२ पुष १६ गते १९:२२
माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

India

१६ पुस, काठमाडौं । छ पटकको च्याम्पियन भारत माल्दिभ्समाथि संघर्षपूर्ण जित हात पार्दै साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

केरलामा भएको खेलमा घरेलु टोलीले २५ औं मिनेटमा सुनिल क्षेत्रीको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा जेजे गोल गरे । तर, अहिलो हाफको अन्तिममा अहमद नासिदले गोल गरे ।

खेलको ६६ औं मिनेटमा जेजेले व्यक्तिगत दोस्रो गोल गरे । र, भारतलाई ३-१ को अग्रता दिलाए ।

खेलको ७५ औं मिनेटमा अमदान अलीले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल भएनन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय