+

जिगोनमाथि रियल मड्रिडको सहज जित, रोनाल्डो रातो कार्डबाट जोगिए

२०७२ माघ  ४ गते ८:५१ २०७२ माघ ४ गते ८:५१
जिगोनमाथि रियल मड्रिडको सहज जित, रोनाल्डो रातो कार्डबाट जोगिए

Ronaldo1

४ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले स्पोटिङ गिजोनमाथि सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले गिजोनमाथि ५-१ को सहज जित हात पारेको हो । सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । तर, रियलका ग्यारेथ बल र करिम बेन्जिमा घाइते भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै रोनाल्डोले गोल गरे । १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।

१८ औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गरे भने ४१ औं मिनेटमा बेन्जिमाले दोस्रो गोल गर्दै पहिलो हाफमा रियललाई ५-० को अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम समयमा बेल घाइते भएपछि उनको स्थानमा जोसे मैदान प्रवेश गरे ।

Ronaldo

दोस्रो हाफको सुरुमा नै रोनाल्डो रातो कार्डबाट जोगिए । ५२ औं मिनेटमा बल पछ्याउने क्रममा उनले विपक्षी खेलाडी नाचोलाई लात्तिले हानेका थिए । तर, उनलाई रेफ्रीलले कुनै कार्ड दिएनन् ।

६२ औं मिनेटमा गिजोनका लोपेज ब्लान्कोले गोल गर्दै रियलको अग्रता ५-१ मा झारे । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले ५-१ गोल अन्तरले विजयी भएको छ ।

जितसँगै रियल मड्रिडको २० खेलबाट ४३ अंक भएको छ र, लिग लिडर एथ्लेटिको मड्रिड भन्दा ४ अंकले पछाडि छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय