+

ओलम्पिकमा रुशमाथि प्रतिबन्ध लाग्न सक्ने

२०७३ साउन  ४ गते १८:२६ २०७३ साउन ४ गते १८:२६
ओलम्पिकमा रुशमाथि प्रतिबन्ध लाग्न सक्ने

rio_flag

काठमाडौं । वर्ल्ड एन्टी डोपिङ एजेन्सी वाडाले रुशमा चार बर्षदेखि राज्यले नै डोपिङ कार्यक्रम चलाइरहेको प्रमाण भेटिएपछि उसलाई रियो ओलम्पिक र पारा ओलम्पिकबाट पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ ।

रुसलाई रियो ओलम्पिकमा सहभागी गराउने नगराउनेबारे अन्तराष्ट्रिय ओलम्पिक कमिटीले मंगलबार फैसला गर्नेछ । रियो ओलम्पिक आगामी अगष्ट ५ देखि सुरु हुँदैछ ।

वाडा कमिसनको म्याकलरेन प्रतिवेदनले सन् २०११ को अन्त्यदेखि २०१५ को बीचमा ठूलो सङख्यामा ओलम्पिक खेलाडीको पिसावको नमूनामा फेरबदल गरिएको थियो ।

यता रुशका राष्ट्रपति भ्लादिमिर पुटिनले म्याकलरेन प्रतिबेदनमा नाम उल्लेख भएका आफ्ना अधिकारीलाई निलम्बन गरिने बताएका छन् । रुसी मुख्यालय क्रेमलिनले वाडासँग भनेको छ कि रुसी जाँचकर्ताको सत्य, तथ्य र निश्पक्षमा आधारित एथेष्ट जानकारी आफुलाई उपलब्ध गराइयोस् ।

आइओसी अध्यक्ष थोमस बलले एक टेली कन्फ्रेन्सको माध्यमबाट रुसका लागि आवश्यक कदमका बारेमा कुरा गर्नेछन् । उनले सबैभन्दा मुस्किल प्रतिबन्द्ध लगाउने बिचार ब्यक्त गरेका छन् । उनका अनुसार जुन तथ्य सतहमा आएको छ यसले खेलकुदको गरिमा र ओलम्कि खेलमाथिको ठूलो हमला हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय