+

रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलका खेलहरु आजदेखि

२०७३ साउन  २० गते १३:२३ २०७३ साउन २० गते १३:२३
रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलका खेलहरु आजदेखि

Rio-Olympics

२० साउन, काठमाडौं । विश्व खेलकुदको महामेला, ग्रिष्मकालिन ओलम्पिकको ३१औं संस्करणको उदघाटना ब्राजिलको रियो दि जेनेरियो शहरमा शनिबार बिहान पौने ५ बजे हुनेछ । तर उदघाटन समारोह अगावै ओलम्पिकका खेलहरु सुरु भइसकेका छन् ।

यस्तोमा ओलम्पिकको प्रमुख आकर्षणमध्येको एक पुरुष फुटबलको प्रतिस्पर्धापनि बिहीबारबाटै सुरु हुँदैछ । महिला फुटबलका खेलहरु भने बुधबार रातिदेखिनै सुरु भइसकेको छ ।

पुरुष फुटबलको पहिलो खेलमा आज राति पौने १० बजेदेखि समूह ए मा रहेका इराक र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै आजै राति पौने बाह्र बजे समूह डी मा रहेका होण्डुरस र अल्जेरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

राति पौने १ बजे समूह एका आयोजक ब्राजिल र दक्षिण अफ्रिका आमने सामने हुनेछन् । समूह सी बाट मेक्सिको र जर्मनीबीचको खेल राति पौने २ बजेदेखि सुरु हुनेछ ।

शुक्रबार बिहान पौने ३ बजेदेखि समूह डी बाट युरोपियन च्याम्पियन पोर्चुगल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा सुरु हुनेछ भने पौने ४ बजेदेखि सुरु हुने खेलमा समूह बी बाट स्वीडेन र कोलम्बिया भिड्नेछन् ।

शुक्रबार बिहानै पौने ५ बजे समूह सी का फिजी र दक्षिण कोरिया तथा पौने ७ बजेदेखि समूह बी का नाइजेरिया र जापानबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।

ओलम्पिकमा २३ बर्ष मुनिको राष्ट्रिय टोलीको सहभागिता रहन्छ । एउटा टोलीमा बढिमा ३ जनासम्म २३ बर्षभन्दा बढि उमेरका खेलाडी समावेश गर्न पाइन्छ । रियो ओलम्पिकमा पुरुष फुटबलका सबैभन्दा ठूला स्टारको रुपमा ब्राजिलियन सुपरस्टार नेइमारलाई प्रस्तुत गरिएको छ ।

महिला फुटबलतर्फ भने ब्राजिल, जर्मनी, स्वीडेन, क्यानडा, फ्रान्स र अमेरिकाको बिजयी सुरुवात गरेका छन् ।

समूह इ बाट स्वीडेनले दक्षिण अफ्रिकामाथि १-० को संघर्षपूर्ण जित हासिल गर्दा घरेलु टोली ब्राजिलले चीनमाथि ३-० को जितमार्फत विजयी सुरुवात गर्‍यो ।

समू एफबाट क्यानडाले अष्ट्रेलियालाई २-० ले हरायो । यही समूहबाट जर्मनीले जिम्बाबेलाई ६-१ को लज्जास्पद हार चखाएको छ ।

समूह जीमा रहेको विश्वबिजेता जर्मनीले न्युजिल्याण्डलाई २-० ले हराउँदा यही समूहबाट फ्रान्सले कोलम्बियामाथि ४-० को सहज जित दर्ता गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय