+

काउटिन्होको एक गोलका लागि १९ पास, लिभरपुल विजयी

२०७३ साउन  ३१ गते ११:१९ २०७३ साउन ३१ गते ११:१९
काउटिन्होको एक गोलका लागि १९ पास, लिभरपुल विजयी

Liverpool-FC

३१ साउन, काठमाडौं । बलियो टोली आर्सनललाई पराजित गर्दै लिभरपुलले इंग्लिस पि्रमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ४-३ गोल अन्तरको जित हात पारेको हो ।

खेलमा अग्रता भने अर्सनलले लिएको थियो । थिओ वाल्कटले ३१ औं मिनेटमा गोल गरे । त्यसअघि उनले पेनाल्टी मिस गरेका थिए ।

तर, पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलका काउटिन्होले गोल गरे ।

दोस्रो हाफमा भने लिभरपुलले अग्रता लियो । ४९ औं मिनेटमा लेलानाले गोल गरे भने ५६ औं मिनेटमा काउटिन्होले दोस्रो गोल गरे ।

उनको यो गोल निकै उत्कृष्ट थियो । लिभरपुलका खेलाडीहरुको १९ औं पासमा उनले गोल गरेका थिए ।

६३ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल ४-१ को अग्रता लिन सफल भयो ।

खेलमा फर्कने प्रयास गरेको आर्सनलले ६४ र ७५ औं मिनेटमा गोल गरेपनि हार टार्न सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय