+

पोखरामा तीज महोत्सवसँगै राष्ट्रिय महिला भलिवल हुँदै

२०७३ भदौ  १५ गते १२:०६ २०७३ भदौ १५ गते १२:०६
पोखरामा तीज महोत्सवसँगै राष्ट्रिय महिला भलिवल हुँदै

Press-Meet-Pic

१५ भदौ, पोखरा । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराले हरेक बर्ष आयोजना गर्ने तीज महोत्सवका साथै राष्ट्रिय महिला भलिवल प्रतियोगिता भदौ १७ देखि १९ गतेसम्म आयोजना गर्ने भएको छ ।

महोत्सवको अवसरमा समाजले आयोजना गर्ने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा ६ टिम भिड्ने छन् । प्रतियोगितामा न्यू डायमन्ड एकेडेमी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल आर्मी, नेपाल प्रहरी, मध्य पश्चिमाञ्चल भलिवल संघ र पश्चिमाञ्चलबाट टप्स माविले प्रतिष्पर्धा गर्नका लागि नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि बिजेताले ७५ हजार १०१, उपबिजेतालाई ५० हजार १०१, तेस्रो हुने र चौथो हुने टोलीले क्रमसः २० र १५ हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट बिधातर्फ जनही २/२ हजार प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि ४ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ । पहिलो चरणको खेललाई १ सय सेमिफाइनलमा १ सय ५० र फाइनलमा २ सय टिकट तोकिएको छ ।

तीज गीत प्रतियोगिता हुने, राष्ट्रिय कलाकारले प्रस्तुति दिने

२० औं संस्करणको यो महोत्सव यहि भदौ १७ गतेदेखी १९ गतेसम्म तीन दिने हुने समाजले बुधबार महोत्सव स्थल लामाचौरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । महोत्सव लामाचौरको इन्द्रराज्य लक्ष्मी माविको प्राङ्गणमा आयोजना हुनेछ । सांस्कृतिक तथा खेलकुद कार्यक्रमको माध्यमबाट आन्तरीक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीले जानकारी दिए ।

महोत्सवको अवसरमा तीज गीत प्रतियोगिता, अन्तर आमा समूह र अन्तर मावि लोक नृत्य प्रतियोगिता आयोजना हुनेछन् । समाजले महोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई पनि सम्मान अध्यक्ष भण्डारीले बताए ।

महोत्सवमा चर्चित लोक दोहोरी गायक/गायीकाहरु कोमल ओली, पशुपति शर्मा, घनश्याम रिजाल, जमुना सोनाम, रामजी पौडेल, सीता केसी, निशा पोखरेल, सरस्वती लामिछाने, राजु ढकाल, मञ्जु विक, जीवन दाहाल, दीपक खड्का, तुलसा जिसी, टीका पुनलगायतको प्रस्तुति रहने प्रचार प्रसार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगितामा १ हजार जना प्रतिस्पर्धी र एक लाख दर्शकले महोत्सवको अलवोकन गर्ने आयोजको अपेक्षा छ । महोत्सव सम्पन्न गर्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

लेखक
सन्देश श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय