+

टेष्टमा दुई डिभिजन बनाउने प्रस्तावको किन बिरोध गरे बीसीसीआई अध्यक्षले ?

२०७३ भदौ  १९ गते ११:५५ २०७३ भदौ १९ गते ११:५५
टेष्टमा दुई डिभिजन बनाउने प्रस्तावको किन बिरोध गरे बीसीसीआई अध्यक्षले ?

Tnurag_Thakur_

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका अध्यक्ष अनुराग ठाकुरले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ल्याएको टेष्ट मान्यताप्राप्त टोलीहरुलाई दुई समूहमा बिभाजन गर्ने अवधारणाको बिरोध गरेका छन् ।

आइसीसीको आगामी साता दुवईमा बस्ने बोर्ड बैठकमा यसबारे छलफल हुँदैछ । तर बीसीसीआई अध्यक्ष ठाकुरले यस अवधारणालाई आइसीसीको आधारभुत लक्ष्य र पहिचानको बिरुद्धमा भएको टिप्पणी गरेका छन् ।

आइसीसीको यो प्रस्तावको अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफि्रका र न्युजिल्याण्डका क्रिकेट बोर्डले समर्थन गरेका छन् । जुन प्रस्ताव उनीहरुका लागि केहि फाइदाजनक पनि छ । टेष्ट क्रिकेटलाई दुई समूहमा बिभाजन गर्न शीर्ष ७ स्थानसम्मका टोलीलाई पहिलो डिभिजनमा र पुच्छारका पाँच टोलीलाई दोस्रो डिभिजनमा राखिनेछ । एशोसियट टोलीमध्ये शीर्षस्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई समेटेर दोस्रो डिभिजनमा पाँच टोली समावेश गरिनेछ ।

‘क्रिकेटको नियमनकारी निकायको रुपमा आइसीसीको काम खेललाई लोकपि्रय बनाउनु र विश्वभर सञ्जाल बिस्तार गर्नु हो ।’ ठाकुरले भने, ‘यसको बिपरित आइसीसीको यस प्रणालीले शीर्ष पाँच मुलुकलाई त फाइदै होला तर उनीहरुका अलावा सबै टोली यसको शिकार हुनेछन् । अर्कोतर्फ हामीले वेष्ट इण्डिज, बंगलादेश र जिम्बाबेजस्ता मुलुकलाई समर्थक गर्नुपर्छ साथै अरुलाई पनि, यस्तो अवधारणाले त हामीले उनीहरुको खुट्टा काटेर दौडन लागाएजस्तै हुनेछ ।’

बितेका १ महिनामा बिसिसिआइको तर्फबाट ठाकुरले आइसीसीको यस प्रस्तावको सार्वजनिक बिरोध गरेको यो तेस्रो पटक हो । यसअघि पनि उनले यस प्रस्तावले साना मुलुकहरुलाई चोट पुर्‍याएको बताएका थिए ।

ठाकुरले जोड दिँदै भनेका छन् कि यदि आइसीसीले प्रस्तावित दुई स्तरीय प्रणाली लागू गर्‍यो भने यसले सीधै साना मुलुकहरु आर्थिक रुपले प्रभावित हुनेछन् ।

‘अहिले त्यस्ता टोलीहरुले टेलिभिजन प्रशारण बेचेर मोटो रकम आम्दानी गर्दै आएका छन्, जव भारत लगायत अन्य ठूला टोलीहरु उनीहरुसँग खेल्छन् । तर नयाँ प्रणाली आएपछि उनीहरुले त्यो अवसर पाउँदैनन् र क्रिकेटको बिकासका लागि संघर्ष गर्नुपर्छ ।

आफ्नो दावीमाथि प्रकाश पार्दै ठाकुरले भनेका छन् कि दुई स्तरीय प्रणालीमाथि यो तर्क गरिएको छ कि भारत भर्सेस दक्षिण अफि्रका र इंग्ल्याण्ड भर्सेस अष्ट्रेलियाबीचको प्रतिस्पर्धालाई ठूला प्रतिस्पर्धाको रुपमा हेरिएको छ ।

‘र बंगलादेश भर्सेस इंग्ल्याण्ड वा श्रीलंका भर्सेस अष्ट्रेलियाबीचको खेलमा दर्शकको चासो घट्न पुग्छ । तपाईं सोच्नुस् त यदि शीर्ष बरियताको टोली र दोस्रो बरियाताको टोलीबीचको खेल हेर्न त दर्शकको चासो हुँदैन भने उनीहरुले दोस्रो बरियाताका टोलीहरुबीचको खेल हेर्लान ?’

त्यसैले अहिलेकै जस्तो किन नबनाउने ? ठाकुरले भने, वास्तविकता हेर्नको लागि बन्द आँखा खोल्नु जरुरी छ । एक उदाहरणको रुपमा तीन टेष्टको शृङखलामा श्रीलंकाले अष्ट्रेलियालाई हृवाइटवास गर्‍यो । क्रिकेट खेलमा कुनैपनि मुलुकलाई हल्का रुपमा लिनुहुन्न । यो शृङखला यसको प्रमाण हो । श्रीलंका दोस्रो स्तरको टेष्ट टिम हुने संभावना छ, जसले अष्ट्रेलियालाई ३-० ले ध्वस्त पारेको थियो । अव उनीहरुबीचको खेल कहिल्यै नहुने त ? त्यसैले यो भन्नु घातक हुने छ कि शीर्ष टोलीले मात्र शीर्ष स्तरको क्रिकेट खेल्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय