+

रोनाल्डो र मेस्सीको ठाउँ कसले लिन्छन् ? एन्सेलोटीले दिए दुई नाम

२०७३ कात्तिक  २५ गते १२:५९ २०७३ कात्तिक २५ गते १२:५९
रोनाल्डो र मेस्सीको ठाउँ कसले लिन्छन् ? एन्सेलोटीले दिए दुई नाम

messi-n-ronaldo

जर्मन च्याम्पियन बार्यम म्युनिखका प्रशिक्षक कार्लो एन्सेलोटीले विश्व फुटबलका दुई ‘ठूला’ खेलाडीहरु क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको विकल्पका बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् ।

रियल मडि्रड र बार्सिलोनाका दुई स्टारले करीव एक दशकदेखि विश्व फुटबलको केन्द्रमा आफूबाहेक अन्यलाई आउन दिएका छैनन् र उनीहरुको लय छिट्टै ओरालो लाग्छ जस्तो पनि देखिँदैन ।

यद्यपि नयाँ र अहिले भइरहेका प्रतिभाहरु मेस्सी र रोनाल्डोको युग सकिएलगत्तै त्यो स्थान लिने तयारीमा देखिन्छन् ।

कम्तिमा एन्सेलोटीले भने त्यो देखिसकेका रहेछन् । उनले मेस्सी र रोनाल्डोको स्थान लिनसक्ने खेलाडीको रुपमा युभेन्टसका पाउलो डिवाला र बार्सिलोनाका नेयमारलाई भविश्यका दुई ‘ठूला’ स्टारको रुपमा चित्रित गरेका छन् ।

नेयमारको बारेमा त कुनै प्रमाण दिइरहनु पर्दैन कि बार्सिलोनाबाट मेस्सीसँगको उनको तालमेल हेरे पुग्छ । २४ बर्षीय नेइमारले अहिलेसम्म २२७ क्लब गोल गरिसकेका छन् भने ब्राजिलको राष्ट्रिय टोलीबाट ७३ क्याप जितेर ४९ गोल गरिसकेका छन् ।

neymar-n-dybala

यता पाउलो डिवालालाई पनि युरोपको उत्कृष्ट नयाँ स्ट्राइकरको रुपमा हेर्न थालिएको छ । उनले गत सिजन डेब्यु गरेसँगै युभेन्टसलाई तीन उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए ।

र एन्सेलोटीले रोनाल्डो र मेस्सीलाई चुनौति दिएका छन् कि उनीहरुभन्दा उत्कृष्ट खेलाडीहरु अहिले आइरहेका छन् । उनले भनेका छन् कि यदि डिवाला १० बर्ष युभेन्टसमा रहनेछन् भने उनले क्लवलाई ऐतिहासिक सफलता दिलाउनेछन् ।

‘उनी अद्भुद छन्, तपाईं उनीसँग अन्य कुनै खेलाडीलाई तुलना गर्न सक्नुहुन्न । डिवाला र नेयमार अहिलेको रोनाल्डो र मेस्सीको रुपमा छिट्टै देखिनेछन् ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय