+

विश्वकप छनौटमा ब्राजिलको अर्को जित

२०७३ मंसिर  १ गते ११:०८ २०७३ मंसिर १ गते ११:०८
विश्वकप छनौटमा ब्राजिलको अर्को जित

gabriel-jesus१ मंसिर, काठमाडौं । गाब्रियल जेसिस चम्किएपछि ब्राजिलले विश्वकप छनौट फुटबलमा अर्को जित हात पारेको छ ।

बुधबार भएको खेलमा विश्व विजेता ब्राजिलले पेरुमाथि २–० गोल अन्तरको जित हात पारेको हो । उसको जितमा जेसिसले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाएका थिए ।

लिमामा भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो । ५८ औं मिनेटमा जेसिसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ७८ औं मिनेटमा उनकै पासमा रेनाटो अगष्टोले गोल गरेपछि ब्राजिलले जित सुनिश्चित गरेको छ ।

जितपछि ब्राजिल १२ खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । पेरु भने १४ अंकसहित आठौं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय