+

केन्याले हङकङलाई हरायो, नेपालभन्दा माथि उक्लियो

२०७३ मंसिर  ३ गते २०:५९ २०७३ मंसिर ३ गते २०:५९
केन्याले हङकङलाई हरायो, नेपालभन्दा माथि उक्लियो

kenya

३ मंसिर काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याले हङकङलाई ३ विकेटले पराजित गरेको छ ।

नैरोबीमा पहिले ब्याटिङ थालेको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर २२२ रन बनाएको थियो । उसका लागि अंशुमान रथले ९० रन बनाए भने शाहिद वासिफले ४४ रनको योगदान दिए ।

केन्याका आरआर पटेल एक्लैले ६ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको केन्याले डिएल मेथडका आधारमा पाएको २०० रनको लक्ष्य १३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि इरफान करिमले ६७ रनको योगदान दिए ।

जितसँगै केन्या अंक तालिकामा नेपालभन्दा माथि उक्लिएको छ । ७ खेलबाट ८ अंक जोडेको केन्या पाँचौं स्थानमा छ भने ८ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको पपुवा न्यूगिनीको भने १२ अंकको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय