+

महिला एसिया कप खेल्न नेपाली टोली बैंकक प्रस्थान, प्रशिक्षकमा बस्न्यात

२०७३ मंसिर  ८ गते ११:२५ २०७३ मंसिर ८ गते ११:२५
महिला एसिया कप खेल्न नेपाली टोली बैंकक प्रस्थान, प्रशिक्षकमा बस्न्यात

womens-cricket-bidai

८ मंसिर, काठमाडौं । महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली बुधबार बैंकक प्रस्थान गरेको हो ।

नेपाली टोलीको प्रशिक्षकमा राजु बस्न्यात छन् । उनकै प्रशिक्षकमा बन्द प्रशिक्षण भएको थियो । तर, नेपालको टोली घोषणा गर्दा उनको नाम छुटेको थियो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बिदाई गरे । उनले टोलीलाई जितको शुभकामनासहित राष्ट्रिय झण्डा प्रदान गरे ।

आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यताप्राप्त एशियाली टोलीहरुसाग प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार पाकिस्तानसागको खेलसागै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले आगामी सोमबार श्रीलंका, मंगलबार बंगलादेश, बिहीबार थाइल्याण्ड र शुक्रबार साविक बिजेता भारतसाग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली क्रिकेट महिला एशिया कप टी-२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय