+

आहा राराकप माघको पहिलो साता

२०७३ मंसिर  ८ गते २०:३७ २०७३ मंसिर ८ गते २०:३७
आहा राराकप माघको पहिलो साता

८ मंसिर, पोखरा । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिता माघ पहिलो साताबाट सुरू हुने भएका छन् ।

आयोजक सहारा क्लबका महासचिव केशबराज बरालका अनुसार अखिल नेपाल फुटबल संघबाट आयोजक सहारा क्लब पोखरालाई समय तालिका प्राप्त भएको जानकारी दिए ।

प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्वारा सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १६ जिल्लाका २८ जना बालक आश्रित छन् ।

विगत तीन वर्षदेखि उनीहरूको निःशुल्क शिक्षादिक्षा, स्वास्थ्यलगायत फुटबल प्रशिक्षण क्लबद्वारा निर्मित सुविधासम्पन्न आवासगृह सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ बाट सञ्चालन हुँदै आएको छ । रासस

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय