+

मेस्सीले अफगान बालकलाई मैदानमै स्वागत गरे

२०७३ मंसिर  २९ गते १०:४२ २०७३ मंसिर २९ गते १०:४२
मेस्सीले अफगान बालकलाई मैदानमै स्वागत गरे

messi-with-afghani-boy

२९ मंसिर, काठमाडौं । प्लास्टिकको जर्सी लगाएर चर्चामा आएका अफगान बालकलाई लिओनल मेस्सी मैदानमै स्वागत गरेका छन् ।

मंगलबार राति दोहामा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले कतारी क्लब अल अलीमाथि जित हात पार्दा मेस्सीले ६ वर्षीय बालक मुर्ताजा महमदीलाई मैदानमा स्वागत गरेका हुन् ।

मेस्सीको नाम लेखिएको प्लास्टिकको जर्सी लगाएर फुटबल खेल्दै गरेको तस्वीर सार्वजनिक भएपछि मुर्ताजा इन्टरनेटमा भाइरल बनेका थिए । मेस्सीले पनि उनलाई आफ्ना हस्ताक्षर भएको अर्जेन्टिनाको जर्सी उपहार पठाएका थिए ।

मंगलबार दोहामा मेस्सीले उनलाई भेटे ।

मैत्रिपूर्ण खेलका लागि बार्सिलोनाका खेलाडीहरु मैदानमा उत्रँदा मुर्ताजा मेस्सीसँग मस्कोट (खेलाडी मैदान उत्रँदै सँगै आउने बालबालिका) का रुपमा देखिए । बार्सिलोनाको टिम फोटो सेसनमा रहँदा मुर्ताजा मेस्सीको हात समाएर बसिरहे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय