+

यू-१९ एशियाकपमा श्रीलंकाबिरुद्ध नेपाललाई पहिलो बलमै विकेट

२०७३ मंसिर  ३० गते १०:२९ २०७३ मंसिर ३० गते १०:२९
यू-१९ एशियाकपमा श्रीलंकाबिरुद्ध नेपाललाई पहिलो बलमै विकेट
फाइल तस्वीर
फाइल तस्वीर

३० मंसिर, काठमाडौं । अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक श्रीलंकाबिरुद्ध खेलिरहेको छ ।

टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो ओभरको पहिलो बलमै श्रीलंकाली ब्याट्म्यानलाई आउट गरेको छ ।

श्रीलंकाली ओपनर विश्वा चाथुरांगा पहिलो बलमा आउट भएका हुन् । उनलाई नेपाली ओपनिङ बलर कमलसिंह ऐरीले एलबिडब्ल्यु आउट गराएका हुन् ।

युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली युवाटोलीले बलिङ र फिल्डिङमा निक्कै जुझारु प्रदर्शन गरिरहेका छन् ।

प्रतियोगिताको समूह एमा रहेको नेपालले अन्य खेलहरुमा भारत र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय