+

पुलिसकी रेजिनालाई ‘घर’मै स्वर्ण

२०७३ पुष  ११ गते १०:०२ २०७३ पुष ११ गते १०:०२
पुलिसकी रेजिनालाई ‘घर’मै स्वर्ण

rejina-karki-2

इटहरीको तेक्वान्दो हलमा महिलाको ४६ केजीमुनी तौल समूहको फाइनल स्पर्धामा नेपाल पुलिसकी रेजिना कार्कीले त्रिभुवन आर्मी क्लबकी काजल श्रेष्ठालाई कडा प्रतिस्पर्धामा हराइन् ।

राष्ट्रिय प्रतियोगिताहरुमा बिभागीय टोलीका खेलाडीले कमै समर्थन पाउँछन् । टेक्निकल रुपमा उत्कृष्ट रहेको बिभागीय खेलाडीहरु भन्दा अन्य क्षेत्रका खेलाडीहरुका लागि समर्थकले सहानुभूति राख्छन् ।

तर, रेजिनाको हकमा भने त्यस्तो भएन र उनको हरेक किकमा दर्शकदिर्घाकबाट तालीको गडगडाहट सुनिन्थ्यो ।

‘काजलले कडा टक्कर दिएकी थिइन्, सुरुमा अलि नर्भसजस्तो भएकी थिएँ, तर घरेलु दर्शकको साथका कारण मनोबल खस्कन दिइनँ’ रेजिनाले भनिन् ।

खासका यसको कारण के हो भने गत बर्ष भारतमा सम्पन्न साग गेम्समा पाकिस्तानी खेलाडीसँग सडनडेथमा पराजित भएकी रेजिनाको इटहरी घरेलु मैदान हो । उनी यहीँकी बासिन्दा हुन् ।

रेजिनाको करिअर १२ बर्ष अगाडि काठमाडौं ठोजांगबाट सुरु भएको थियो । ‘स्कुल लेभलदेखि नै तेक्वान्दो खेल्थेँ, काठमाडौं डोजांङ हुँदै मध्यामाञ्चलको टोलीबाट खेल्न पाएँ’ रेजिनाले आफ्नो बिगत सम्झिइन् ।

rejina-karki
पाँच बर्षअघि धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा मध्यामाञ्चलका लागि स्वर्ण दिलाएकी रेजिना त्यसपछि यो तौलसमूहमा राष्ट्यि प्रतियोगिताहरुमा अहिलेसम्म दोस्रो हुनुपरेको छैन । ‘त्यसयता धेरै प्रतियोगिता खेलेँ र सबैमा पहिलो भएको छु । कति मेडल जितेँ भनेर पनि गन्न छाडिसकेँ’ रेजिनाले भनिन् ।

छैटौं राष्ट्रिय खेलकुदमा तेक्वान्दोतर्फ मध्यामाञ्चलले सबैभन्दा धेरै स्वर्ण जितेको थियो । त्यही टोलीकी सदस्य रेजिनालाई त्यसलगत्तै नेपाल पुलिसको टिममा बोलाइयो । २०६९ यता नेपाल पुलिसको जर्सीमा खेलिरहेकी छन्, उनी ।

उनीमात्र होइन, मध्यमाञ्चलको टिमबाट उत्कृष्ट प्रदर्शन गरेका अन्य खेलाडीहरु रञ्चन श्रेष्ठ, सीता तामाङ तथा निशा रावल पनि अहिले विभागको प्रतिनिधित्व गर्छन् ।

पूर्वाञ्चलकी भएपनि उनले कहिल्यै यहाँ खेलेकी थिइनन् । भन्छिन्, ‘काठमाडौंमै जन्मिएँ, तेक्वान्दो त्यहीँ सिकेँ र उतैबाट खेलेँ । सातौंको क्रममा यहाँबाट खेल्दा आफ्नै गाउँमा खेलेजस्तो भयो ।’

साताैं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय