
१७ पुस, काठमाडौं । चौथो साफ महिला च्याम्पियनसीपको पहिलो सेमिफाइनलमा नेपालले सोमबार अपरान्ह सिलिगुडीस्थित कञ्चञ्जंगा रंगशालामा घरेलु टोली भारतको सामना गर्दैछ ।
नेपाल र भारतबीचको खेल भोलि (सोमबारं) नेपाली समयअनुसार अपरान्ह सवा दुई बजेदेखि सुरु हुनेछ ।
नेपाल समूह ए को बिजेता र भारत समूह बी को उपबिजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणका सबै खेलमा जित निकालेको थियो । नेपालका प्रशिक्षक भोलिको खेलमा पनि यस्तै जित निस्कनेमा आशावादी छन् ।
‘हामीले लगातार राम्रो प्रदर्शन गरिरहेका छौं र भोलिको खेल पनि हाम्रै पक्षमा आउनेछ ।’ नेपाली टोलीका मूख्य प्रशिक्षक कुमार थापाले भने, ‘हामी अहिलेसम्म हाम्रो योजना अनुसार नै छौं र भोलि पनि यस्तै हुनेछ ।’
प्रशिक्षक थापाले भनेका छन् कि भारतीय टोलीको अग्रपंक्ति राम्रो छ तर आफू अनुकुल नतिजाका लागि नेपाली डिफेण्डरहरु उनलाई रोक्न सक्षम हुनेछन् ।
‘बंगलादेशले देखाइसकेको छ कि भारतको आक्रमणलाई रोक्न कस्तो रणनीति बनाउनुपर्छ भनेर तर जव हामी भोलि मैदानमा उत्रनेछौं, हामी हाम्रो रणनीति अनुसार खेल्नेछौं र नतिजा आफ्नो पक्षमा ल्याउनेछौं ।’ प्रशिक्षक थापाले भने ।
प्रतिक्रिया 4