+

दक्षिण अफ्रिकाद्वारा श्रीलंकाबिरुद्धको टेष्ट शृङखला कब्जा

२०७३ पुष  २१ गते १८:३० २०७३ पुष २१ गते १८:३०
दक्षिण अफ्रिकाद्वारा श्रीलंकाबिरुद्धको टेष्ट शृङखला कब्जा

sa-vs-sl-2nd-test

२१ पुस, काठमाडौं । युवा बलर कागिसो रावाडा चम्किएपछि श्रीलंकाबिरुद्धको दोस्रो टेष्टमा दक्षिण अफ्रिकाले २८६ रनको जित हासिल गरेको छ । जितसँगै तीन टेष्टको शृङखला दक्षिण अफ्रिकाले दुई शून्यले आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो टेष्ट उसले २०६ रनले जितेको थियो ।

केपटाउनस्थित न्यूल्याण्ड मैदानमा ५०७ रनको बिजयलक्ष्य पछ्याएको श्रीलंका चौथो दिनमै २२४ रनमा समेटियो ।

१३०/४ को स्थितिबाट चौथो दिनको सुरुवात गरेको श्रीलंकाले ६२ ओभर खेल्दा बाँकी ६ विकेट गुमाउन पुग्यो । उसका लागि कप्तान एन्जेलो मेथ्युजले ४९ रन जोडेका थिए ।

तेस्रो दिन दुई विकेट लिएका २१ बर्षीय दायाँहाते फाष्ट बलरले चौथो दिन श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा थप चार विकेट लिए । टेष्टको पहिलो इनिङमा पनि उनले चार विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाका लागि १२ टेष्ट खेलेका उनले पहिलो पटक १० विकेट लिएका हुन् ।

दोस्रो इनिङमा उनका अलावा भेरोन फिलान्दरले पनि तीन विकेट टिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफि्रकाले डिन एल्गरको १२९ र क्वीन्टन डीककको १०१ रनको सहयोगमा ३९२ रन बनाएको थियो । पहिलो इनिङमा श्रीलंकाका लाहिरु कुमाराले ६ विकेट लिएका थिए ।

पहिलो इनिङमा ११० रनमै समेटिएको श्रीलंका पहिलो इनिङमै २८२ रनले पछि परेको थियो ।

दोस्रो इनिङमा दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर २२४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय