+

अर्जेन्टिनामा फुटबल खेलाडीहरु हड्तालमा उत्रिए

२०७३ फागुन  २१ गते १०:१९ २०७३ फागुन २१ गते १०:१९
अर्जेन्टिनामा फुटबल खेलाडीहरु हड्तालमा उत्रिए

२१ फागुन, काठमाडौं । फुटबलरहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित भएका छन् । अर्जेन्टिनामा धेरै क्लब अहिले आर्थिक संकटसँग जुधिरहेका छन् र खेलाडीहरुले थुप्रै महिनाको तलब पाएका छैनन् ।

फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हडतालमा २०० भन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् ।
अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको थियो ।

संकट समाधानको प्रयासमा सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलिय डलर लिएको थियो । तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको बताएको छ । धेरै क्लबका अध्यक्षले उनीहरुसँग भए भन्दा बढी रकम खर्च गरेको उसको दाबी छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय