+

करण केसी अस्पताल भर्ना, केन्याबिरुद्धको खेल गुमाउने

२०७३ फागुन  २७ गते १६:११ २०७३ फागुन २७ गते १६:११
करण केसी अस्पताल भर्ना, केन्याबिरुद्धको खेल गुमाउने
फाइल तस्वीर

२७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी स्वास्थ्य समस्या देखिएपछि बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् ।

पेट दुख्ने र बान्तासमेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिएका छन् ।

अस्पताललाई उदृत गर्दै सिवाकोटीले जानकारी दिएअनुसार करणलाई एपेण्डिक्स भएको छ र तत्काल अपरेसन गर्नुपर्नेछ ।

उनको स्थानमा कसलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन । आइसीसीले स्वीकृत गरेपछि उनको स्थानमा अर्का खेलाडी ल्याइने बताइएको छ ।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालले भोलि शनिबार केन्याबिरुद्ध कीर्तिपुर मैदानमा एकदिवशीय म्याच खेल्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय