+

भारतबिरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

२०७४ जेठ  १९ गते १६:५६ २०७४ जेठ १९ गते १६:५६
भारतबिरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फाइल तस्वीर

१९ जेठ, काठमाडौं । आगामी मंगलबार भारतबिरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि एन्फाले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

एएफसी एसियन कप छनौट अन्तर्गत जेठ ३० गते काठमाडौंमै हुने यमनबिरुद्धको खेलको तयारी स्वरुप नेपालले भारतको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल मुम्बईको अंधेरी स्पोर्टस कम्प्लेक्समा हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिममा केहि फेरबदल गरेका छन् । फिलिपिन्सबिरुद्धको यसअघिको खेलमा टिममा रहेका केहि खेलाडीहरु अहिले समावेश छैनन् भने बिमल घर्तीमगर र हेमन्त थापामगरले टिममा स्थान बनाएका छन् ।

नवयुग श्रेष्ठपनि चोटमुक्त हुँदै टिममा फर्किएका छन् । फिलिपिन्सबिरुद्धको टिममा परेका स्ट्राइकर कर्ण लिम्बु यसपटक छनौट भएनन् । डिफेण्डर रविन श्रेष्ठ र मिडफिल्डर हेमन गुरुङ पनि यसपटक टोलीमा छैनन् ।

२० सदस्यीय नेपाली टोलीमा

गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ

डिफेण्डरः बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की र बिमल बस्नेत

मिडफिल्डरः रोहित चन्द, बिशाल राई, मेहन गुरुङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ र सुमन लामा

स्ट्राइकरः बिमल घर्तीमगर, भरत खवास, हेमन्त थापामगर र नवयुग श्रेष्ठ

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय