+

नकाव लगाएर एयरपोर्टबाट बाहिरिने यी को हुन् ?

२०७४ कात्तिक  २० गते १७:५७ २०७४ कात्तिक २० गते १७:५७
नकाव लगाएर एयरपोर्टबाट बाहिरिने यी को हुन् ?

२० कात्तिक, काठमाडौं । सोमबार बिहान साढे १० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा विमानस्थल रहेका सर्वसाधारणहरुमा परेको थियो ।

नकावसहित विमानस्थलबाट वाहिरिनु रहस्यमय त थियो नै पत्रकारका क्यामरा र बुममाइक उनीतर्फ सोझिएपछि सर्वसाधारणले ती व्यक्ति ठूलै पृष्ठभूमका रहनेछन् भन्ने अड्कल काटेका थिए ।

त्यस्ता व्यक्ति देखेपछि विमानस्थलबाहिर रमितेको ठूलै भीड जम्मा भइसकेको थियो ।

पत्रकारले अन्तर्वार्ता लिएपछि थाहा लाग्यो कि उनी भारतबाट आएका रेस्लर रहेछन् । काठमाडौंमा हुने अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको प्रभावकारी प्रचारका लागि गरिएको फण्डा रहेछ त्यो । प्रतियोगितामा यी नकावधारी पनि सहभागी हुनेछन् ।

यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठूलो जनता मा. वि.मा दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगितामा नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा ˆल्याग म्याच, सिंगल्स्, हृयाण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय