+

भारतीय किशोरको रेकर्ड- ४ ओभर ० रन १० विकेट

२०७४ कात्तिक  २३ गते १६:१८ २०७४ कात्तिक २३ गते १६:१८
भारतीय किशोरको रेकर्ड- ४ ओभर ० रन १० विकेट

जाहीर खान, जरप्रित बुम्राह, ब्रट ली र शोएव अख्तरको बलिङ हेरेर ठूलो भएका १५ वर्षीय आकाश चौधरीले टि-२० खेलमा एक रन पनि नदिइ १० विकेट लिने कीर्तिमान बनाएका छन् ।

यो खेल राजस्थानको जयपुरमा बुधबार खेलिएको थियो, जसमा आकाश दिशा क्रिकेट एकेडेमीको तर्फबाट खेलेका थिए ।

यस खेलमा दिशा क्रिकेट एकेडेमीले सुरुमा ब्याटिङ गर्दै १५६ रन बनायो । त्यसपछि १५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्न आएको पर्ल क्रिकेट एकेडेमीलाई आकाशले ३६ रनको कुल स्कोरमा समेटिदिए ।

आकाशले आफ्नो पहिलो ओभरमा २ विकेट लिएर पर्ल एकेडेमीमाथि धावा बोल्न सुरु गरे । आकाशले भने, ‘म आफ्नो पहिलो ओभरमा २ विकेट लिएँ र दोस्रो तथा तेस्रो ओभरमा पनि २/२ विकेट नै लिएँ । अन्तिम ओभरमा चार विकेट लिएँ जसमा एउटा हृयाटि्रक पनि सामेल छ । ६ खेलाडीलाई बोल्ड गरेँ भने चार जनालाई एलवीडब्ल्यू गरेँ ।’

आकाशले बीबीसीसँग भनेका छन्, ‘क्रिकेटमा मैले १५ पटक भन्दा बढी पाँच विकेट लिएको छुँ र केहि खेलहरुमा छ/सात विकेट लिएको छु । पूरै दिन क्रिकेट नै मेरो काम हो । बिहान फिल्डिङ हुन्छ, दिउँसो लञ्चपछि नेट प्राक्टिस सुरु हुन्छ ।’

आकाश भन्छन् कि उनलाई जसपि्रत बुम्राह र ब्रेट ली निक्कै मनपर्ने खेलाडी हुन्, तर तर उनी कसैको स्टाइल कपी गर्न रुचाउँदैनन् । यसबारे उनको आफ्नै तर्क छ, ‘म कसैको कपी गर्दिन किनभने यसो गर्दा तपाईं आफ्नो रोलमोडल जस्तो पनि बन्न सक्नुहुन्छ र तपाई आफू के बन्न चाहनुहुन्छ त्यो पनि बन्न सक्नुहुन्न ।’

आकशसँगै खेल्ने पार्थ उपाध्यायले बीबीसीसँग भनेका छन् कि ‘आकाश जुन उमेरमा यस्तो शानदार बलिङ गरिरहेको छ उसबाट उनको रणजीमा आउने सम्भावना बढेको छ । सामान्यतः बलरको मुख्य हतियार स्टम्प बल हो, तर आकाश इन स्वीङ र आउट स्वीङ दुवै गर्न सक्छ । उ टि-२० का लागि पनि प्रभावकारी हुन्छ किनभने उसले स्लोअर वान र कटरजस्ता बल फाल्न सक्छ ।’

आकाशका प्रशिक्षक विवेक यादवका अनुसार उनी प्रतिभाशाली किशोर खेलाडी हुन् र यसको पछाडि आकाशले मिहिनेत पनि निक्कै गरेका छन् ।

उनी भन्छन्, ‘हरेक दिन आठ घण्टा प्रशिक्षण गर्छन र उनको मिहिनेतको जोश हेर्नलायक देखिन्छ । जम्मा १५ सालको उमेरमा उनले औषत १३० किमी प्रतिघण्टाको स्पिडमा बलिङ गर्न सक्छन् ।’

प्रशिक्षक यादव भन्छन्, ‘आकाशलाई केहि सिकाउनै पर्दैन । शारीरिक रुपमा उनी स्वस्थ छन् र उनको एक एथ्लिट बडी छ । विकेटको कुरा गर्दा उनले अहिलेसम्म १५ पटकभन्दा बढी ५ विकेट लिएका छन् ।’

लेखक
बीबीसीबाट अनुवादित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय