+

रियो ओलम्पियनलाई ओलम्पिक कमिटीको सम्मान

२०७४ मंसिर  १७ गते १९:३३ २०७४ मंसिर १७ गते १९:३३
रियो ओलम्पियनलाई ओलम्पिक कमिटीको सम्मान

१७ मंसिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले सन् २०१६ मा ब्राजिलमा सम्पन्न ग्रिष्मकालीन ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा ओलम्पियन खेलाडीलाई १ हजार डलर अर्थात करिव १ लाख ३ हजार रुपैयाँ प्रदान गरे ।

ब्राजिलको रियो दि जेनेरियोमा गत वर्षको अगष्ट ५ देखि २१सम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री, पौडीका शिरिष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावलले सहभागीता जनाएका थिए ।

गौरिका भने कार्यक्रममा उपस्थित थिइनन् । उनी परिवारसँगै लन्डनमा बस्दै आएकी छन् ।

खेलाडीलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले ओलम्पिक सहभागिता मुलुककै गौरव भएको र रियो ओलम्पिकमा खेलाडीले नेपाललाई विश्वकपमाझ चिनाउन सहयोग गरेको धारणा राखे ।

एनओसीका अध्यक्ष श्रेष्ठले जापानमा हुने २०२० को ओलम्पिकका लागि बढी खेलाडीको सहभागिताका लागि खेलाडी तयार गर्न सुरु गरिहाल्ने बताए । ‘बैदेशिक प्रशिक्षण दिने, छात्र बृत्तिमार्फत खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा हामीले कुरा गरिरहेका छौं ।’ उनले थपे, ‘यसअघि पनि छात्रबृत्ती प्राप्त भएको थियो । जसका कारण खेलाडीले राम्रो प्रदर्शन गरे ।’

रियो ओलम्पिकमा नेपालबाट ५ खेलका सात खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन पुरुष र चार महिला थिए । आर्चरीको पुरुष व्यक्तिगततर्फ जितबहादुर मोक्तान सहभागी भएका थिए । एथलेटिक्समा पुरुष ५ हजार मिटेरमा हरि र महिलाको १५ सय मिटरमा सरस्वतीको सहभागिता थियो । सरस्वतीले आ-आˆनो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसैगरी जुडोतर्फ फुपुले महिला ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पौडीमा शिरीषले पुरुष १ सय मिटर पि|mस्टाइलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले ५७ दशमलव ७६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान रचेका थिए । गौरिकाले महिला १ सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन् ।

तेक्वान्दोबाट निशाले महिला ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय