+

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

२०७४ पुष  १२ गते १२:०६ २०७४ पुष १२ गते १२:०६
पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

१२ पुस, पोखरा । राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुष टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

सो प्रतियोगिताबाट सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग खेलका लागि उत्कृष्ट खेलाडी छनोट गरिने अध्यक्ष गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय