+

बंगलादेशले जित्यो दक्षिण एसियाली सेभेन ए साइड फुटवलको उपाधि

२०७४ माघ  ४ गते १९:५४ २०७४ माघ ४ गते १९:५४
बंगलादेशले जित्यो दक्षिण एसियाली सेभेन ए साइड फुटवलको उपाधि

४ माघ, पोखरा । पोखरामा भएको दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बाराही खेलमैदान लेकसाइडमा बिहीबार भएको फाइनल खेलमा ४-३ गोल अन्तर बंगलादेश उपाधि जितेको हो ।

बंगलादेशले मध्यान्तरअघि १ गोल गरेको थियो । बंगलादेशका उज्ज्वल खानले खेलको ११ औं मिनेटमा गोल गरे । नेपालका विनोद गुरुङले १ गोल फर्काए । बराबरीमा खेल सकिएपछि थपिएको ५ मिनेटमा पनि गोल नभएपछि ट्राइब्रेकरमा बंगालादेशले नेपाललाई पराजित गर्‍यो ।

बंगलादेशका तर्फबाट टाइब्रेकरमा साजिद, असारफुल र तुहिनले गोल गर्दा नेपालका विनोद गुरुङ, हरि गुरुङले गोलमा परिणत गरे पनि कप्तान रवि थापा मगरको प्रहार खेर गयो ।

प्रतियोगिताको उपाधि जितेको बंगलादेशले नगद २ लाख रुपैयाँ शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको नेपालले १ लाख नगद पुरस्कार, शिल्ड, मेडल प्रमाणपत्रमा चित्त बुझायो ।
बंगलादेशका उज्वल खान उत्कृष्ट खेलाडी र गोलकिपर अजाज म्यान अफ दी म्याच घोषित भए । फेयर प्लेको उपाधि भारतले प्राप्त गर्‍यो ।

विजेता खेलाडीलाई प्रतिनिधि सभा सदस्य एवं नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, नेपाल सेभेन ए साइड फेडेरेसनका अध्यक्ष नवीन पुन लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे ।

पोखरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय