+

गुल्मीमा मावि स्तरीय फुटबल प्रतियोगिताको उपाधि महेन्द्र माविलाई

२०७४ माघ  ८ गते १८:४३ २०७४ माघ ८ गते १८:४३
गुल्मीमा मावि स्तरीय फुटबल प्रतियोगिताको उपाधि महेन्द्र माविलाई

८ माघ, गुल्मी । सदरमुकाम तम्घासमा सञ्चालित मावि स्तरीय फुटबल प्रतियोगिताको उपाधि तम्घासको महेन्द्र नमुना माविले जितेको छ ।

माघ ४ गते सुरु भएको प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा तम्घासकै रिडर्स माविलाई १०-० अन्तरले हराउँदै महेन्द्र माविले उपाधि जितेको हो ।

प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार रुपैयाँ पाएका छन् । बिजेताहरुलाई सोमबार नै एक समारोहका बीच गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले पुरस्कार प्रदान गरे ।

आउँदो चैतमा हुने तेस्रोे गुल्मी महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले फोर्टिन स्टार युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

क्लबले सातौं वाषिर्कोत्सवको अवसरमा माध्यमिक तहका विद्यार्थीहरुलाई फुटवल खेलप्रति रुचि जगाउनका लागि पनि प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय