+

दक्षिण अफ्रिकामाथि भारतको सहज जित

२०७४ माघ  २१ गते १८:४२ २०७४ माघ २१ गते १८:४२
दक्षिण अफ्रिकामाथि भारतको सहज जित

२१ माघ, काठमाडौं । भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराएको छ । दक्षिण अफ्रिकालाई ११८ रनमा समेटेको भारतले मात्र २०.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो र ९ विकेटको जित हात पार्‍यो ।

यससँगै ६ म्याचको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।

भारतको जितमा स्पीनर जोडी युजवेन्द्र चहल र कुलदीप यादव नायक बने । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई ११८ रनमै अलआउट गर्ने क्रममा चहलले ५ र यादवले ३ विकेट लिए ।

दक्षिण अफ्रिकाका जेपी डुमिनी र के जोन्डोले सर्वाधिक २५/२५ रन बनाए । छ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर पनि छुन सकेनन् ।

११९ रनको लक्ष्य भारतले सहजै भेट्टायो । तर, जब १९ औं ओभरपछि भारतलाई जितका लागि २ रन चाहिएको थियो, त्यही बेला लञ्च घोषणा गरिएको थियो ।

उसका लागि शिखर धवनले ५१ रन बनाए भने विराट कोहलीले ४६ रन बनाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय