+

फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

२०७४ माघ  २९ गते ११:४४ २०७४ माघ २९ गते ११:४४
फागुन १८ गते पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

२९ माघ, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी १८ फागुनमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले विभिन्न देशका उत्कृष्ट रेस्लरहरूसहित आरडब्लु संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रालिको व्यवस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा होलीको अवसरमा पोखराको दशरथ रंगशालामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा विभिन्न चार मुलुकका खेलाडीहरूको सहभागीता रहने आयोजकले जनाएको छ । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु , डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नील पनि उक्त प्रतियोगितामा भिड्नेछन् ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरू रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छिन् ।

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरू पहिलो महिला रेस्लिङ रेप|mी सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डेले संचालन गर्नेछन् । उक्त प्रतियोगितामा कमेन्टेटरमा नेपालका प्रसिद्घ र्‍यापर बुलेटफ्लो थापाकाजी र मिस्टर पि्रन्स को जोडी रहनेछ ।

डिसहोम एक्सन स्पोर्टस टिभीले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेसमेत जनाइएको छ ।

पोखरापछि आरडब्लु संग्राम नेपालका अन्य सहरहरूमासमेत लैजाने योजना रहेको आयोजकले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय