लिभरपुलका खेलाडी मोहम्मद सलाहले यसवर्षको राइटर्स फुटबलर अफ दि इयरको अवार्ड जितेका छन् । फुटबल राइटर्स एसोसिएसनले दिने वर्षको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार २५ वर्षीय सलाहले पाएका हुन् ।
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर केभिन डे ब्रायन दोस्रो स्थानमा र टोटनह्यामका स्ट्राइकर ह्यारी केन तेस्रो स्थानमा रहे ।
सलाह इंगलिस प्रिमियर लिगको ३४ खेलमा लागि ३१ गोल गर्दै गोल्डेन बुटको दाबेदार बनेका छन् । उनलाई यसअघि गत अप्रिलमा प्रोफेसनल फुटबलर्स एसोसिएसनले पनि उत्कृष्ट खेलाडीको सम्मान दिएको थियो ।
सलाहले लिभरपुल आएपछि ४३ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्ध २ गोल गरेका थिए ।
प्रतिक्रिया 4