+

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

२०७५ वैशाख  ३० गते १८:५६ २०७५ वैशाख ३० गते १८:५६
मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

३० वैशाख, अछाम । प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको साँफेबगर नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा नौ विकेट गुमाउँदै १०४ रन बनायो । एक सय पाँच रनको विजय लक्ष्य पछ्याएको मङ्गला विकास क्लबले ११ दशमलव चार ओभरमा सवै विकेट गुमाएर ७६ रन मात्र बनायो । म्यान अफ द म्याच साँफेबगरका मनिस कुँवर घोषित भए ।

उपाधिसँगै साँफेबगरले रु ७७ हजार ७७७, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता मङ्गला विकास क्लबले रु २५ हजार पुरस्कार पायो ।

प्रतियोगिताको म्यान अफ द सिरिज मङ्गला विकास क्बलका सागर भण्डारी भए । मङ्गला विकास क्लबका अध्यक्ष गणेशबहादुर रावल, जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावल, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरालगायतले पुरस्कार प्रदान गरेका थिए ।

क्रिकेट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय