+

सन्दिपले आईपीएलको तेस्रो खेलमा पनि लिए विकेट

२०७५ जेठ  ६ गते १८:३० २०७५ जेठ ६ गते १८:३०
सन्दिपले आईपीएलको तेस्रो खेलमा पनि लिए विकेट

६ जेठ, काठमाडौं । नेपाली खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिएका छन् । उनले आइतबार मुम्बई इन्डियन्स विरुद्धको खेलमा विकेट लिएका छन् ।

द‍िल्ली डेयर डेभिल्सबाट पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।

पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दिपले चौथो बलमा यादवलाई आउट गर्न सफल भए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् । सन्दिपले पहिलो ओभरमा १३ रन खर्चिएर एक विकेट लिएका हुन् ।

सन्दिपको टिम दिल्ली डेयर डेभिल्सले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय