+

ईपीएलमा काठमाडौं र विराटनगर भिड्दै, विराटनगरलाई जित्नैपर्ने दबाव

२०७५ पुष  २ गते ६:५० २०७५ पुष २ गते ६:५०
ईपीएलमा काठमाडौं र विराटनगर भिड्दै, विराटनगरलाई जित्नैपर्ने दबाव

२ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेलमा साविक विजेता विराटनगर र काठमाडौं किग्स इलाभेनबीच प्रतिस्पर्धा हुदै छ ।

टियु क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि सुरु हुने खेलमा विराटनगरलाई प्लेअफमा पुग्नका लागि जित्नै पर्ने हुन्छ । यदी विराटनगर पराजित भएमा चितवन टाइगर्सको भाग्य चम्किने छ ।

काठमाडौं भने यसअघि नै प्लेअफमा पुगि सकेको छ । आजको खेलमा जित हात पारे काठमाडौं क्वालिफायर्स राउन्डमा प्रवेश गर्ने छ र फाइनल प्रवेशको लागि ललितपुर प्याट्रिएटससँग प्रतिस्पर्धा गर्ने छ ।

पराजित भएमा इलिमिनेटर राउन्डमा काठमाडौं प्रवेश गर्ने छ । त्यसकारण पनि विराटनगरलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने दाउमा काठमाडौं रहेको छ ।

ललितपुर क्वालिफायर्स राउन्डमा प्रवेश गरिसकेको छ भने भैरहवा पनि प्लेअफमा पुगि सकेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय