+

मेस्सीको २६ औं गोलमा बार्सिलोना विजयी

२०७५ माघ  १४ गते ६:०९ २०७५ माघ १४ गते ६:०९
मेस्सीको २६ औं गोलमा बार्सिलोना विजयी

१४ माघ, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे ।

नवौं मिनेटमा नै नेल्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको सुरुवाती समयमा नै गोल खाएको जिरोना दबाबमा खेलेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।

खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । पराजित जिरोनाको भने २४ अंक रहेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय