काठमाडौं । दुई खेलाडीले रातो कार्ड पाउँदा टोटनहृयाम बोर्नमाउथसँग हारेको छ र पि्रमियर लिगको शीर्ष चारमा स्थान सुरक्षित गर्ने मौका गुमाएको छ ।
शनिबार भएको खेलमा बोर्नमाउथले टोटनहृयामलाई १-० गोल अन्तरले हराएको हो ।
टोटनहृयामले बुधबार राति अयाक्ससँग च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्नुपर्नेछ । उसले पहिलो लेगमा १-० को हार व्यहोरेको छ ।
यदि उसले शनिबार बोर्नमाउथलाई हराउन सकेको भए अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सुनिश्चित हुने थियो । तर, इन्जुरी टाइममा गोल खायो ।
बोर्नमाउगको घरेलु मैदानमा भएको खेलमा टोटनहृयामका सन हेङ मिनले पहिलो हाफको अन्तिमतिर रातो कार्ड पाए । दोस्रो हाफको सुरुमा नै फोएथले रातो कार्ड पाएपछि टोटनहृयाम ९ खेलाडीमा सिमित भयो ।
खेलको इन्जुरी टाइममा एकीले गोल गर्दै बोर्नमाउथलाई १-० को जित दिलाए ।
टोटनहृयामले लिगको अन्तिम खेल खेल्नुअघि ७० अंक छ भने चौथो स्थानमा रहेको चेल्सीको ६८ र आर्सनलको ६६ अंक छ र दुबैले दुई खेल खेल्न बाँकी छ ।
प्रतिक्रिया 4