+

उरुग्वेलाई पराजित गर्दै पेरु सेमिफाइलनमा, स्वारेजले गरे पेनाल्टी मिस

२०७६ असार  १५ गते १०:५८ २०७६ असार १५ गते १०:५८
उरुग्वेलाई पराजित गर्दै पेरु सेमिफाइलनमा, स्वारेजले गरे पेनाल्टी मिस

१५ असार, काठमाडौं । लुइस स्वारेजले पेनाल्टी सुटआउटमा गोल गर्न नसकेपछि उरुग्वेलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को सेमीफाइनलमा पुगेको छ । क्वाटरफाइनलअन्तर्गत आइतबार बिहान पेरुले उरुग्वेलाई टाईब्रेकरमा ५–४ गोलले पराजित गरेको हो ।

निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि टाईब्रेकरमा स्वारेजको प्रहार पेरुका गोलकिपरले असफल पारेका थिए । पेरुका पाँचै जनाले गोल गरे भने उरुग्वेका चार जनाले मात्रै पोष्टको दिशा दिन सफल भए ।

पेरु टाईब्रेकरबाट सेमीफाइनल पुग्ने तेस्रो टीम हो । यसअघि चिली र ब्राजिलले टाईब्रेकरबाटै सेमिफाइनल यात्रा तय गरेका थिए ।

सेमिफाइनलमा पेरुले ३ जुलाईमा साविक विजेता चिलीको सामना गर्नेछ । अर्जेन्टिना र ब्राजिलबीच २ जुलाईमा पहिलो सेमीफाइलन हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय