Comments Add Comment

बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले दबाब छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को प्रचारमा दौडिएकी साम्राज्ञीका लागि यो चलचित्रको बक्स अफिस रिपोर्ट निकै नै महत्वपूर्ण छ । साम्राज्ञी स्पष्ट बोल्छिन् । उनलाई, आफ्नो मनमा लागेका कुरा बोल्न कसैले पनि रोक्न सक्दैन ।

उनले बोलेका वा गरेका केही कुराले कहिलेकाही उनलाई विवादमा पनि निम्त्याएको हुन्छ । तर, उनलाई यसले खासै फरक परेको छैन । दर्शकलाई उत्कृष्ट चलचित्र दिनका लागि आफू सधै नै मिहिनेत गर्न पनि नपर्ने बताउने साम्राज्ञी अरुको आलोचना गर्नुभन्दा पनि राम्रो कामका लागि समय दिन अरुलाई सुझाव दिन्छिन् ।

नेपाली चलचित्र क्षेत्रमा उनले बोल्ड नायिकाको छवि बनाएकी छिन् । उनी, कतिपय चलचित्रमा आफू बोल्ड देखिएपनि कतिपय अवस्थामा भने चलचित्रको संवादले आफूलाई बोल्ड देखाउने बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment