+

नेपालविरुद्ध अष्ट्रेलियाको पाँच गोल

२०७६ असोज  २३ गते १६:४१ २०७६ असोज २३ गते १६:४१
नेपालविरुद्ध अष्ट्रेलियाको पाँच गोल

२३ असोज, काठमाडौं । विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ ।

बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो ।

उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।

एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे ।

निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए ।

नेपालका गोलकिपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय