Comments Add Comment

विवेकशील नेपाली दलको अध्यक्षमा पाण्डे निर्वाचित

२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् ।

महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव आज हुँदैछ ।

विवेकशील नेपाली दलले योपटक विदेशमा भएका आफ्ना सदस्यहरुलाई अनलाइन भोटिङसमेत गराएको थियो । पार्टीको राष्ट्रिय सम्मेलन भने १ र २ कात्तिकमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment