+

एडिभिजन लिगमा सरस्वतीले हिमालयन शेर्पालाई हरायो

२०७६ माघ  १४ गते १३:५२ २०७६ माघ १४ गते १३:५२
एडिभिजन लिगमा सरस्वतीले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । लगातार ८ खेलको जितबिहीन यात्रा अन्त्य गर्दै सरस्वती युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

मंगलबार भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबमाथि ४-३ की जित हात पारेको हो । यसअघि ८ खेलमा सरस्वतीले १ बराबरी खेलबाट १ अंक मात्र जोडेको थियो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीलाई जित दिलाउन विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक-एक गोल गरे ।

शेर्पाका लागि आशिष गुरुङ, विजय शेष्ठ र रवि थापा मगरले गोल गरे । पहिलो जितपछि सरस्वतीले ९ खेलबाट ४ अंक जोडेको छ ।

पुछारमा रहेको सरस्वतीको जितले एपीएफ र हिमालयन शेर्पालाई समेत रेलिगेसन जोगाउन दबाब बढेको छ । शेर्पाको ९ खेलबाट ७ र समान खेलबाट एपीएफको ५ अंक छ ।

उपाधि होडजस्तै अब रेलिगेसनमा कुन टिम पर्ला भनेर समेत रोमाञ्चकता हुने भएको छ । १४ टिमले प्रतिस्पर्धा गरिरहेको लिगमा यसपटक एक टिम मात्र रेलिगेसनमा पर्नेछ ।

ए डिभिजन लिग सरस्वती युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय