१५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको क्यानले पुष्टि गरेको छ ।
चन्द र प्याकुरेल पछिल्लो हप्ता चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी भएर फर्किएका थिए ।
संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको क्यानले जनाएको छ । यस्तै उनीहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न क्यानले आग्रह गरेको छ ।
कोरोना महामारीकै बेला असोज ६ गते चितवनमा क्यानको बोर्ड बैठक बसेको थियो ।
प्रतिक्रिया 4