काठमाडौं । स्पेनिस ला लिगामा यो सिजनको पहिलो इएल क्लासिको २४ अक्टोबरमा हुने भएको छ ।
चिरप्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोनाको खेल शनिबारको दिन हुने तय भएको हो । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोमेनका लागि यो पहिले इएल क्लासिको हुनेछ ।
दुई टोलीबीच पछिल्लो पटक मार्च १ मा भेट भएको थियो, जसमा रियल २–० ले विजयी भयो ।
इएल क्लासिको अगाडि रियल मड्रिडले १७ अक्टोबरमा काडिज र २१ अक्टोबरमा च्याम्पियन्स लिगको समूह चरणको खेलमा शाख्तर डोनेस्कसँग खेल्नेछ ।
बार्सनोलाले भने १७ अक्टोबरमा गेटाफे र २० अक्टोबरमा फेरेन्च भारोससँग खेल्नेछ ।
प्रतिक्रिया 4