२४ कात्तिक, काठमाडौं । साविक विजेता युभेन्ट्स सिरी ए मा लाजियोसंग बराबरीमा रोकिएको छ । इन्जुरी टाइममा गोल खाएपछि युभेन६सले लाजियोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको १५औं मिनेटमै क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । अन्तिसम्म युभेन्ट्स १-० ले अघि थियो । तर इन्जुरी टाइमको पाँचौ मिनेटमा लाजियोका फेलिपे साइसिडोले गोल गरेपछि युभेन्ट्स जितबाट बन्चित भएको हो ।
बराबरीपछि युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ । ७ खेलबाट १३ अंक जोडेको युभेन्ट्स पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट ११ अंक रहेको लाजियो नवौं स्थानमा छ
हेनिख मिखातर्यनको ह्याट्रिकमा रोमा जेनोअलाई ३-१ ले पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । जितपछि रोमाको ७ खेलबाट १४ अंक भएको छ ।
यस्तै अर्को खेलमा इन्टर र एटलान्टाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि १३ अंक जोडेको एटलान्टा छैटौं र १२ अंक जोडेको इन्टर सातौं स्थानमा छ ।
प्रतिक्रिया 4