+

प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा

२०७७ माघ  १३ गते ६:५९ २०७७ माघ १३ गते ६:५९
प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा

१३ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् ।

प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग खेल्नेछिन् ।

यस्तै नेपालकै अर्की खेलाडी सलोनी तामाङ २०औं वरियतामा छिन् । सलोनी भने पहिलो चरणमै बुल्गेरियाकी भिक्टोरिया भेलेभासँग ६-१, ६-२ ले पराजित भइन् ।

यसअघि जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेकी थिइन् भने गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।

प्रेरणा कोइराला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय