५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप फुटबलका लागि स्लोभाकियाको टिम घोषणा भएको छ ।
प्रशिक्षक स्टेफान टार्कोभिकले मंगलबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् र जुन २ मा अन्तिम टोली घोषणा गरिने स्लोभाकिय फुटबल संघले जनाएको छ ।
कोरोना महामारीले गर्दा यस पटक युरोकपमा सहभागि राष्ट्रले २६ खेलाडी टिममा राख्ने पाउने निर्णय यसअघि नै युइएफएले गरिसकेको छ ।
स्लोभाकियाको २४ सदस्यीय टिममा ३ गोलकिपर, ६ डिफेण्डर, १२ मिडफिल्डर र ३ फरवार्ड छन् । समूह ई मा रहेको स्लोभाकियाले स्वीडेन, पोल्याण्ड र स्पेनसँग खेल्नेछ ।
मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरो हुन लागेको छ ।
स्लोभाकियाको २४ सदस्यीय प्रारम्भिक टिम
गोलकीपर : मार्टिन डुब्राका, मारेक रोडक, डुसान कुचिएक
डिफेण्डर : पिटर पेरकारिक, लुबोमिर साट्का, डेनिस भाभ्रो, मिलान स्क्रिनियर, टोमस हुबोकान, जाकुब होलुबेक
मिडफिल्डर : मारेक हमसिक, स्टालिस्लाभ लोबोट्का, पाट्रिक ह्रोसोभ्स्की, जुराज कुच्का, ओनड्रेज डुडा, रोवर्ट माक, भ्लादिमिर वेइस, लाज्लो बेनेस, लुकास हारास्लिन, टोमस सुस्लोभ, माटुस बेरो, एरिक जिक्रा
फरवार्ड : माइकल डुरिस, रोबर्ट बोजेनिक, डेभिड स्ट्रेलेस
प्रतिक्रिया 4