+

मेस्सीको कीर्तिमान

२०७८ असार  १५ गते ६:५५ २०७८ असार १५ गते ६:५५
मेस्सीको कीर्तिमान

१५ असार, काठमाडौं । लिओनल मेस्सीले अर्जेन्टिनाको लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।

ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलअन्तर्गत अहिले भइरहेको बोलिभियाविरुद्धको खेल सुरुआत गर्दै मेस्सीले सर्वाधिक १४८औं खेल खेलेका हुन् ।
यसअघि उनले ज्याभिएर मास्केरानोसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए।

समूह ‘ए’ को अन्तिम खेलमा बोलिभियाविरुद्ध मेस्सीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिसकेका छन् ।

यस्तै एक गोलका लाग असिस्ट समेत गरेका छन् । उनले पेनाल्टीमा एक गोल गरेका थिए भने सर्जियो अगुएरोको पसामा अर्को गोल गरे । यस्तै अलेजान्द्रो गोमेजका लागि असिस्ट समेत गरे ।

सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । उनले १४८ खेलमा ७५ गोल गरिसकेका छन् ।

कीर्तिमान मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय